१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

संघीय संसदको पहिलो ऐतिहासिक बैठक आज, ४४ जनाले मातृभाषामा शपथ लिने


२० फागुन, काठमाडौँ । संघीय संसदका सदस्यहरुको सपथ आज हुँदै छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको ३ महिनापछि बल्ल सांसदले सपथ लिने साइत जुरेको छ ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुनेछ ।

प्रतिनिधिसभाका सदस्यले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ८० वर्षीय महेन्द्रराय यादवसँग र राष्ट्रियसभाका सदस्यले राष्ट्रियसभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टसँग शपथ लिनेछन् ।

त्यसअघि दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीसँग १ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

४४ जनाले मातृभाषामा शपथ लिँदै
प्रतिनिधिसभामा ३८ र राष्ट्रियसभामा ६ जनाले मातृभाषामा सपथ ग्रहण गर्ने सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन ४४ जना सांसदले लिखित जानकारी गराएका छन ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार ०८:०८