१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सर्वोच्च अदालतमा अाजबाट वरिष्ठ न्यायाधीश अोमप्रकाश मिश्रले पेशी तोक्ने

२० साउन, काठमाडाैँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि अाजदेखि वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन । कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उनी बिदामा बस्ने निर्णयमा पुगेका छन ।

यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन। उनले हिजो एक विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका हुन ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार ०७:४२