२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सुनकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेवार ?

३ माघ, काठमाडौँ । सुन ताेलामा १०० रुपैयाँले वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, साेमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

प्रतिकात्मक तस्बिर ।

यस्तै चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ११:५८