२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

१४ टन मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान

२ माघ, काठमाडाैँ । नेपाली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्रीसहित अफगानिस्तान प्रस्थान गरेको छ ।

हिमालयन एयरलाइन्सको विमानमार्फत परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा झण्डै १४ टन मानवीय सहायता सामग्रीसहित टोली त्यसतर्फ गएको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अप्ठ्याराेमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको जानकारी दिए ।

परराष्ट्रमन्त्री खड्काले सहयोग सामग्री बोकेको विमान अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने जानकारी दिए ।

नेपाली नागरिकका तर्फबाट सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा अफगानी नागरिकलाई पठाइएको हो ।

नेपालको इतिहासमा पहिलो पटक यसरी विमानमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाइएको मन्त्री खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार ११:४१