२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी


२८ पुस, काठमाडाैँ । बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवासा ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् ।

यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धहरु जारी थियो ।बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो ।

‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए । उनले महामारीमा करोडौं मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए । उनले नियम बनाउनेले नै निमयको उचित रुपमा पालन नगरेको स्वीकार गरे । उनले घटनाको जिम्मेवारी आफूले लिने बताए ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार २२:१८