२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

माधव नेपाल निकटको कर्मचारी संगठन, एमाले निकटको कर्मचारी संगठनमा विलय

२८ पुस, काठमाडाैँ । नेकपा एकीकृत समाजावादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकटका कर्मचारीले बनाएको संगठन नेकपा एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको छ ।

संगठन विलय गरेसँगै संगठनका अध्यक्ष केदार देवकोटासँगै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै रेवन्त गाैतमले जिल्ला र विभागीय अधिवेशनमा जुट्न अपिल गरेका छन ।

माधव नेपाल निकट संगठन बनाउने भन्दै गाैतमको अध्यक्षतामा एउटा कमिटी बनाइएको थियो । यद्यपी त्यसमा नेपाल निजामति कर्मचारी संगठनका ५ प्रतिशत पनि सदस्य सहभागी भएका थिएनन् ।

मंगलबार देवकोटा र गाैतमले संयुक्त हस्ताक्षरको विज्ञप्ति जारी गर्दै घ १४ र १५ मा हुने महाधिवेशन सम्पन्न गर्न आह्वान गरेका छन् । माधव नेपालको पार्टीमा लागेका करिब ३५० कर्मचारी मध्ये ३०१ जनाले नेकपा समाजवादीको निकटा त्यागेको गाैतमले बताएका छन ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार १०:२०