२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

गुल्मीमा कांग्रेस नेताको भेटघाट होटल जुवा घर बन्दै, ७ जुवाडे पक्राउ, प्रहरीले सूचना लुकायो

२८ पुस, गुल्मी ।  गुल्मीको सदरमुकाम तम्घासको एक होटल बाट सात जुवाडे सहित होटल सञ्चालक पक्राउ परेका छन् । रेसुङा नगरपालिका १ भिमचोक स्थित भेटघाट होटल बाट ५ लाख ५ हजार ६ सय ५५ नगद सहित सात जना जुवाडे र होटल सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उक्त होटलमा जुवा तास खेली खेलाईरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । पक्राउ पर्नेहरुमा प्रकाश थापा, यम बहादुर कुवर, विष्णु कुवर, महेश जि सि, कैलास वन्जरा र लक्ष्मण बजाण्डे रहेका छन ।

त्यस्तै होटल सञ्चालीका इस्मा गाउँपालिका १ की आशा खत्री रहेको बताईएको छ । खत्री इस्मा गाउँपालिका १ का वडाअध्यक्ष चुरा बहादुर खत्रीकी श्रीमती हुन् । उनीहरु आठै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखी अनुसन्धान अगाडी बढाईएको छ ।

प्रहरी सूचना लुकाउदै

प्रहरीले सामान्य काम गरे पत्रकार बोलाएर खुबै प्रचार गर्छ । जुवाकै कान्डमा प्रहरी निकै हाइलाइट भएका उदाहरण गुल्मीमा छन । तर अहिले गुल्मी प्रहरीले जुवाडेको नाम ठेगाना र होटल गोप्य राखेर पत्रकारलाई समेत अपुरो सूचना दिएको छ । अझ आफै खोज्न चुनौती दिएको पत्रकारले गुनासो गरे ।

आफैले पक्राउ गरेका ब्यक्तीको नाम सार्वजनिक गर्न प्रहरीलाई के अप्ठ्यारो पर्थ्यो ? यसको कारण अहिलेको सरकार, काङ्ग्रेस वडाअध्यक्षको होटल र पक्राउ पर्ने अधिकान्श काङ्ग्रेस कार्यकर्ता । सरकारको दवाब र प्रभावमा प्रहरीले सूचना लुकाएर जुवाडेको संरक्षण गर्न नहुने नेकपा एमाले इस्मा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम कुवरले बताए । यो कामले प्रहरीले पनि गैर कानुनी धन्दालाई मलजल गरिरहेको पुष्टि हुने बताए ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार ०९:२२