२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

राष्ट्रिय एकता दिवस हाम्रो सम्पदा हो “नेपाल दिवस”को रूपमा मनाउः संविधानविद् आचार्य

२७ पुस, काठमाडाैँ । संविधानविद् डा भिमार्जुन आचार्यले राष्ट्रिय एकता दिवस नेपालको एउटा सम्पदा रहेको बताएका छन । सामाजिक सञ्जालमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाइ सम्झदै उनले यस दिनलाइ “नेपाल दिवस”को रूपमा मनाउन प्रस्ताव पनि गरेका छन ।

यस्तो छ आचार्यको टिप्पणीः

उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन।हरेक देशका साँझा सम्पदा हुन्छन् ।

राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा हो। पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको यो उपलक्ष्यमा म सबै नेपालीहरु बीचको सम्बन्ध अझै प्रगाढ हुदै जाओस् , हामीलाई कहिल्यै कसैले टुटाउन फुटाउन नसकोस्, यही कामना गर्दछु ।

हिजो माओवादी द्वन्दकाल र “नयाँ नेपाल” निर्माणको भूत सवारको समयमा पृथ्वीनारायण शाहलाई सम्झन पनि कठिन थियो । तर, हामी केहीले यो आवाजलाई मर्न दिएनौं ।आज यो संख्या ठूलो छ। यो खुशीको कुरा हो ।

पृथ्वीनारायण शाहका दिव्योपदेश राज्य सञ्चालनको बडापत्र हुन । तिनको अनुशरण गरिनु पर्छ । कतिपय दल र व्यक्तिले सुझाए जस्तै यो दिनलाई “नेपाल दिवस” को दिनको रूपमा मनाउनु पर्छ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार ०९:०२