२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

‘गो ब्याक इन्डिया’ भन्दै काठमाडाैँमा अनेरास्ववियुले मोदीको पुत्ला जलायो (भिडियोसहित)

२६ पुस, काठमाडाैँ । ‘गो ब्याक इन्डिया’ भन्दै काठमाडाैँमा अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन । सोमबार साँझ काठमाडाैँको अमृत साइन्स क्याम्पस अघि अनेरास्ववियुले जुलुशसहित मोदीको पुत्ला जलाएको हो । । पुत्ला दोहनपछिको कोणसभामा काठमाडाैँ क्याम्पस जिल्ला सह इन्जार्ज समेत रहेका अनेरास्ववियुका नेता कमल जोशीले सम्बाेधन गरेका थिए ।

उनले देशको सीमा मिचिदाँ पनि चुँ पनि नबोल्ने परमादेशी गठबन्धनको सरकार नेपाली जनताका लागि आवश्यक नरहेको बताए । उनको भोलिको दिनमा अनेरास्ववियुले बिरोध प्रदर्शन थप कडा बनाउने बताउँदै लिपुलेक र कालापानी नेपाली भूमि भएकाले त्यसमा आँखा नगाड्न चेतावनी समेत दिए ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार २१:५६