२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

तीन लाखमा लोगो र नाम बेचेको पत्रकार महासंघले पत्रकारको तलब माग्दै धर्ना दिने

२६ पुस, काठमाडाैँ । तीन लाख रूपैयाँमा नेपाल पत्रकार महासंघको लोगो र नाम बेचिएको एक साता पनि नपुग्दै महासंघकै अगुवाइमा पत्रकारहरूको तलब माग्दै धर्ना हुने भएको छ। नेपाल पत्रकार महासंघले एक सूचना जारी गर्दै पुस २८ गते अन्नपूर्ण पोस्ट र इमेज च्यानलमा पत्रकारको सेवा सुविधाका लागि धर्ना दिने भएको छ ।

महासचिव पुरीले धर्नामा सहभागी हुन लेखेको पत्र ।

महासंघका महासचिव रोशन पुरीले सूचना मार्फत पत्रकारका सबाल सम्बाेधनमा पटक पटकको अनुरोध अस्वीकार भएकाले धर्ना दिन लागिएको बताएका छन । पुस २८ गते बुधबार हुने धर्ना दिउँसो १ बजे अन्नपूर्ण पोस्ट र ३ बजे इमेज टेलिभिजनमा हुनेछ ।

महासंघको नाम र लोगो बेचिएको रकम कहाँ गयो ? 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र कोषाध्यक्ष कलेन्द्र सेजुवालले अग्रिम नगद एक लाख रूपैयाँ लिएर तीन लाख रूपैयाँमा पत्रकार महासंको लोगो र नाम ड्रिम हाई नेपालका कमल जिसीलाई मिडिया अवार्डका नाममा सहकार्य गर्न पाउने गरी बेचे ।

हामीले निरन्तर खबरदारी गरेपछि महासंघले महासचिवलाई छलेर सचिव सिर्जना अर्यालको नाममा एउटा हतासपूर्ण विज्ञप्ति जारी गर्यो । जसमा अग्रिम भुक्तानी भएको एक लखा रूपैयाँ कसरी कुन बाटोबाट आयो, कहाँ गयो र फिर्ता हुन्छ वा हुँदैन भन्ने विषयमा केही बोलिएको छैन । तर तीन लाख रूपैयाँ महासंघले नलिनेमात्र भनिएको छ ।

लोगो र नाम बेचिएको घटना ढाकछोप गर्न सचिव सिर्जना अर्यालले निकालिएको विज्ञप्ति ।

महासंघको नाम र लोगो बेचेर गर्नुपर्ने सबै काम सकिएपछि महासंको विज्ञप्ति जारी गर्ने अख्तियारप्राप्त अधिकार नभएको सचिवबाट विज्ञप्ति जारी गराएपछि पत्रकारहरू थप सशंकित बनेका छन ।

चन्दाको आग्रह र निमन्त्रणमा महासचिवको हस्ताक्षर दुरूपयोग 

नेपाल पत्रकार महासंघको महासिचव रोशन पुरीको हस्ताक्षर हस्ताक्षर जिसीले ड्रिम हाई नेपालका नाममा दुरूपयोग गरेका छन । उनले पुरीको डिजिटल हस्ताक्षर प्रयोग गरी पुरी र आफ्नो नाम राखेर सरकारी निकायमा आर्थिक सहयोगका लागि पत्र लेखेका छन ।

जिसीले काठमाडौँ महानगरपालिका, नेपाल आयल निगम, नेपाल वायु सेवा निगम, नेपाल टेलिकम, नेपाल पर्यटन बोर्ड लगायतका निकायमाले पुरीको हस्ताक्षर अनुमति बिनै प्रयोग गरिएको छ । साथै अवार्डको निमन्त्रणामा समेत पुरीको हस्ताक्षर उनको अनुमति बिनै प्रयोग गरिएको छ । पुरीले हस्ताक्षर किर्ते भएको विषयमा प्रहरी मार्फत कानुनी कारबाहीमा जाने बताएका छन ।

महासचिव पुरीको हस्ताक्षर अनुमतिबिना प्रयोग गरेर वितरण गरिएको निमन्त्रणा कार्ड ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १६:३७