२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाँदै

२६ पुस, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन् । पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न मंगलबार पूर्वराजा शाह सिंहदरबार जान लागेका हुन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठक अनुसार पूर्वराजा शाहले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्नेछन् । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १३:३४