२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

२५ पुस, काठमाडौं । जन्मसिद्ध र एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राखेर काठमाडौंमा प्रदर्शन गरिएको छ ।

नागरिकताविहीन नागरिक संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ अनुसार जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।

राज्यले आफूहरूलाई नागरिकता नदिएर गैर नागरिक बनाउन खोजेको उनीहरूको आरोप छ । साथै नागरिकता विधेयक संसदबाट पारित गर्न पनि उनीहरूको माग छ ।

माइतीघरमा जम्मा भएर उनीहरू नयाँ बानेश्वरसम्म र्याली निकालेका थिए ।

प्रकाशित मिति : २५ पुष २०७८, आईतवार १५:१७