२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

२५ पुस, पोर्ट मार्सवाई । पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको भूगर्व सर्वेक्षण संस्था युएसजीएसका अनुसार आईतबार सोलोमन द्धीपनजिककाे समुद्रमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो । युएसजीएसका अनुसार भूकम्प न्यु ब्रिटेनको दक्षिणी टापुबाट २०० किलोमिटर टाढा रहेको सोलोमनलाई केन्द्रविन्दु बनाएकाे थियाे । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् ।

पपुवा न्यु गिनीमा बारम्बार भूकम्प जाने गर्छ । सन् २०२० को जुलाईमा राजधानी पोर्ट मोर्सवाईमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । तर, भूकम्पबाट कुनै मानवीय क्षति भएको थिएन् । त्यस्तै, सन् २०१८ को फेब्रुवरीमा उच्च टापुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प जाँदा १२५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ पुष २०७८, आईतवार १२:१६