११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

ओली मन्त्रिपरिषद्ले पूर्णता पायो, कसको के जिम्मेवारी ? (सूचीसहित)

१८ साउन, काठमाडौँ । शुक्रबार तीन मन्त्रीले सपथ लिएसँगै ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । ओली शुक्रबार कानुनमन्त्रीमा मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद भानुभक्त ढकाल, स्याङ्जा २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पद्मा अर्याल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका छन त्यस्तै संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन ।

तीनै जनाले शुक्रबार नै सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन । ओली सरकारका २२ मन्त्रीहरुको सूची यस्तो छ ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार २०:१२