२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण

२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोभिड १९ संक्रमण भएको छ ।

स्वास्थ्यमा केही असहजता महसुस गरी शुक्रबार पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले बताए ।

उनकाअनुसार संक्रमण देखिएकोले श्रेष्ठ १४ दिन होम आइसोलेसनमा रहने भएका छन् ।

श्रेष्ठले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार ११:१७