२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

नारायणकाजीको अनुरोधः म सँग प्रत्यक्ष सम्पर्कमा रहनुभएकाले सावधानी अपनाउनु

२४ पुस, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूलाई कोरोना संक्रमण भएपछि प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन अनुरोध गरेका छन । सामाजिक सञ्जलाबाट कोरोना पुष्टिको जानकारी बाँड्दै नेता श्रेष्ठले यस्तो अनुरोध गरेका हुन ।

नेता श्रेष्ठले भनेका छन, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार १०:०३