२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

वडा अध्यक्ष धिमालले काम नगर्ने ठेकेदारलाई आफ्नै कोठामा थुने

२२ पुस, काठमाडौँ । भक्तपुरमा एक जना वडा अध्यक्षले काम नगर्ने ठेकेदारलाई आफ्नै कोठामा थुनेर सवक सिकाएका छन । बिहीबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्यामसुन्दर धिमालले ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई आफ्नै कार्यकक्षमा थुनेर सवक सिकाएका हुन ।

धिमालका अनुसार वडा कार्यालयमा आएको समयमा एसपीपी कन्ष्ट्रक्सन एण्ड सप्लायर्सका प्रोजेक्ट म्यानेजर रविन जिरेलसहित अर्का एकजना कोठामा थुनिएका हुन । उनले जनताको गुनासो धेरै भएपछि ठेकेदारलाई सवक सिकाएको बताएका छन  । उनले ठेकेदारमाथि गरेको कारबाहीको बारेमा जिल्ला प्रशासन कार्यालयलाइ पनि जानकारी दिएको बताए ।

 पूर्वाधार विकास कार्यालय बागमति प्रदेशअन्तर्गत झौखेल कवासे खोला सडक पुल निर्माण व्यवसायीले विगत ३ महिनादेखि अलपत्र छाडेका छन ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार २०:२२