१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

२२ पुस, काठमाडाैँ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ (गरिमाले सराहा विकास बैंक प्राप्ति गरेपछि) को १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९६.८१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।


गरिमाले सहारालाई प्राप्ति गरी एकीकृत कारोबार सम्पन्न गर्दाको दिनभन्दा पछाडि दोस्रो बजारबाट सेयर कारोबार भई कायम सेयरधनीहरुले प्रचलित आयकर ऐनबमोजिम बोनस सेयरबापतको कर तिर्नुपर्ने सम्बन्धित सेयरधनीहरुबाटै जम्मा गराई भुक्तानी गर्नेसमेत बैठकले निर्णय गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १३:२९