२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कोभिड परीक्षणमा ढिलाइपछि अस्ट्रेलियामा आक्रोश

२० पुस, काठमाडाैँ । अस्ट्रेलियामा कोभिड परीक्षणमा ढिलाई भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै परीक्षणमा ढिलासुस्ती भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् ।

९० प्रतिशतले खोप लगाएपछि गत महिना सरकारले केही कोभिड प्रतिबन्ध फुकुवा गरेको थियो । तर, पछिल्लो समयमा ओमिक्रोन भेरियन्टका कारण संक्रमितको संख्या दिनहुँ बढेको छ ।

अहिले अस्ट्रेलियामा औषतमा दैनिक २५ हजारमा संक्रमण देखिएको छ । संक्रमित बढेपछि परीक्षण तीव्र पार्न र कोभिड अस्पताल चुस्त पार्न सरकारमाथि चौतर्फी दबाब बढेको छ ।

अस्ट्रेलियामा पीसीआर परीक्षणमा सवैको पहुँच भए पनि गत साता सरकारले निःशुल्क परीक्षणको सीमा सीमित गरेको थियो ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १५:३८