२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

साम्यवाद र वर्गसंघर्ष जस्ता शब्द हटाउन निर्वाचन आयोगले दिएकाे आदेश माओवादीले नमान्ने

२० पुस, काठमाडौँ । निर्वाचन आयोगले ‘साम्यवाद’, ‘वर्गसंघर्ष’ जस्ता शब्दावली प्रयोग गरेको पार्टी विधान दर्ता हुन नसक्ने भन्दै संशोधनका लागि पठाएको पत्रमा नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

हालै सम्पन्न आठौं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले निर्वाचन आयोग सो पत्रप्रति आपत्ति जनाउँदै सो बारेमा आवश्यक कदम चाल्न नवनिर्वाचित केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।

‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनाधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ’ महाधिवेशनवाट पारित समसामयिक प्रस्तावमा भनिएको छ ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १२:४३