२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

तीन जनामा कोभिड देखिएपछि चीनको युझोउ सहरमा कर्फ्यू

२० पुस, बेइजिङ । चीनको युझोउ सहरमा कर्फ्यू घोषणा गरिएको छ । ३ जनामा कोभिड संक्रमण देखिएपछि हेनान प्रान्तको युझोउ सहरमा कर्फ्यू लगाइएको हो । १२ लाख जनसंख्या भएको सहरका सबै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको छ ।

यसअघि सो सहरमा केही दिनअघि बस तथा ट्याक्सी सेवा बन्द गरिएको थियो । त्यस्तै सहरका सपिङ मल, म्युजियम र पर्यटकीय आकर्षणका क्षेत्रहरु पनि बन्द गरिएका थिए ।

चीनमा मंगलबार थप १७५ जनामा कोभिड देखिएको छ । तीमध्ये पाँच जना हेनान प्रान्तका छन् ।

युरोप र अन्य देशहरुको तुलनामा चीनमा कोभिड संक्रमितको संख्या थोरै भए पनि पछिल्ला दिनहरुमा फैलिएको संक्रमण दरले खतराको घन्टी बजेको विज्ञहरुले बताएका छन् ।

अगामी एक महिनापछि चीनमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । ओलम्पिक अगाडि संक्रमण दरलाई शून्यमा झार्ने चीन सरकारको तयारी छ ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार ११:४१