११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

ओएनएफ अष्ट्रेलियाले सिड्नीमा एन्टिजेन टेस्ट किट निःशुल्क वितरण गर्ने

१९ पुस, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च( ओएनएफ) अष्ट्रेलियाले सिड्नीका विभिन्न क्षेत्रमा कोरोना परिक्षण गर्ने एन्टिजेन टेस्ट किट नि:शुल्क वितरण गर्ने भएको छ । मञ्चका अध्यक्ष केशव जोशीका अनुसार मञ्चले पछिल्लो समय सिड्नीमा कोरोना संक्रमण बढे संगै कोरोनाको पिसिआर परिक्षण अगाडि एन्टिजेन परिक्षणमा पोजेटिभ आएको प्रमाण पेश गर्नुपर्ने पछिल्लो नियमले रहेको वताउदै एन्टिजेन टखरिद गर्न समेत नपाईरहेको अवस्थामा रहेका बिद्यार्थी लगायत खरिद गर्न असमर्थहरुका लागि एन्टीजेन नि शुल्क वितरण गर्न लागेको बताउनुभयो ।

उहाले मञ्चले सामाजिक उत्तरदायित्व अन्तरगत खरिद गर्न असमर्थ रहेका नेपाली समुदायका सदस्यहरुलाई एन्टिजेन वितरण गर्न लागेको बताउनुभयो । मञ्चका प्रवक्ता सन्तोष दहालले सिड्नीको पाच क्षेत्रबाट वितरण गरिने वताउनु भयो । उहाले कतिपय नेपाली परिवारका सबै क्वारेन्टाइनमा रहेकाले टेन्सकिट उपल्वध गर्नु मुस्किल भैरहेको अवस्थामा रहेकाले मञ्चले सहयोगको हात बढाएको बताउनु भयो । कार्यक्रममा प्रवासी युवा मञ्च अष्ट्रेलियाको सहकार्य रहेको छ ।

प्रकाशित मिति : January 3, 2022 at 2:57 pm