प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज, बैठक सार्ने बाहाना खोज्दै कांग्रेस
१८ साउन, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइपछिको निर्णय आज हुदैंछ । संसदीय सुनुवाई समितीले जोशीका बारेमा आज निर्णय गर्ने समिती सदस्य पार्वतन गुरुङले जानकारी दिएका छन ।
गत विहीवारदेखि संसदीय सुनुवाइ प्रक्रिया थालिए पनि अहिलेसम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषय अन्योलमा परेको छ । कांग्रेस र राजपा जोशीका पक्षमा सकरात्मक देखिएका छन् भने सत्ता पक्ष नेकपा शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गरिरहेको छ ।
बिभिन्न बाहाना बनाएर यसअघि तीन पटकसम्म बैठक सार्न सफल कांग्रेस आज पनि बैठक सार्ने बाहानाको खोजीमा लागेको छ ।
प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार ०८:०९