२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अब एमालेका सबै जनसंगठनको कार्यक्रमको मञ्च र मन्तव्यमा महिला सहभागिता अनिवार्य

१९ पुस, काठमाडौँ । नेकपा एमालेका २२ जनवर्गीय संगठनले अब गर्ने कार्यक्रमा मञ्चमा अनिवार्य रूपमा एक जना महिला अतिथि राख्नुपर्ने र मन्तव्य दिनेको सूचीमा समेट्नुपर्ने भएको छ । जनसंगठन समन्वय संयन्त्रले जनसंगठ प्रभावकारी बनाउनका लागि गठन गरेको कार्यादलले तयार पारेको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

यही पुसको १२ र १३ गते लुम्बिनीमा भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठकमा महिला नेतृहरूले मञ्च र मन्तव्यमा महिला अनिवार्य हुनुपर्ने माग गरेपछि संयन्त्रका संयोजक एवं पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले माग पूरा गराउने कुरामा आफू गम्भीर रहेको बताएका थिए ।

सोमबार ढकाल संयोजक रहेकै कार्यदलले तयार पारेको मस्यौदामा पूर्व प्रतिवद्धता अनुसार सबै जनसंगठनको कार्यक्रम हुँदा मञ्च र मन्तव्य दुबैमा महिला सहभागिता अनिवार्य गर्ने विषय उल्लेख गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलले वरिष्ठ उपाध्यक्ष भन्ने पद खारेज गर्दै १७ जना भन्दा बढी पदाधिकारी बनाउन नपाउने र केन्द्रीय कमिटी पनि १५१ सदस्यीय र २९९ सदस्यी भन्दा ठूलो बनाउन नपाउने गरी मस्यौदा तयार पारेको छ ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १४:२३