१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

प्रवासी नेपाली मञ्च कतारले मनायो १७औँ वार्षिक उत्सव

१८ पुस, कतार । प्रवासी नेपाली मञ्च कतारले आफ्नो स्थापनाको १७औ बार्षिक उत्सव भव्यता पूर्वक मनाएको छ । मञ्चले सोअवसरमा वार्षिक उत्सव तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सहित वनभोज आयोजना गरेको थियो । कार्यक्रममा कतारमा रहेका नेपालीहरुको अवस्था लगायत समसामयिक विषयको छलफलका साथमा हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा निवार्चित नयाँ नेतृत्व बधाई ज्ञापन गरेको मञ्चले जनाएको छ ।

मञ्चका संस्थापक अध्यक्ष कमल गुरागाईलाई सम्मान गर्दै अन्तराष्ट्रिय कमिटी सदस्य चानक पोखरेल ।

कार्यक्रमका सभापति समेत रहुनुभएका प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सदस्य, मध्यपुर्व इन्चार्ज तथा कतारका अध्यक्ष चानक पोखरेलले कतारमा रहेका नेपालीहरु अवस्था र मञ्चले खेल्नु पर्ने भुमिका माथी प्रकाश पार्दै सम्बृद्ध नेपाल र शुखी नेपालीको लागि नेपालमा एमाले खेलेको भुमिका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा मञ्च कतारका संस्थापक अध्यक्ष तथा मञ्चका मध्यपुर्व कमिटी अध्यक्ष कमल गुरागाईले स्थापनाकालको अवस्थाको जानकारी दिदै हाल खेल्नु पर्ने भुमिका बारेमा भनाई राख्नुभएको थियो ।

यसै गरि कार्यक्रममा मञ्च कतारका पुर्व उपाध्यक्ष तथा नेता गणेश बाबु र मञ्चका पुर्व सचिव तथा सल्लाहकार हरि बस्नेतले स्थापना दिवशको बधाई मन्तव्य राख्नुभएको थियो | कार्यक्रमको संचालन महासचिव प्रभात त्रिपाठीले गर्नु भएको थियो ।

कार्यक्रममा नव प्रवेशी तथा नयाँ सदस्यहरुको स्वागत समेत गरिएको थियो । भने संस्थापक अध्यक्ष कमल गुरागाईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार २२:५५