२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्यूठानको सरूमारानीमा कांग्रेस र माओवादीका १३० जना एमाले प्रवेश (सूचीसहित)

१८ पुस, प्यूठान । प्यूठानको सरूमारानीमा कांग्रेस र माओवादीका १२९ जना एमाले प्रवेश गरेका छन । आइतबार सरूमारानी गाउँपालिका-६ किमिचाैर, प्यूठानमा आयाेजित पार्टी प्रवेश तथा वडा जनसभा कार्यक्रममा पाङकोट, पाङवाङ, रज्जे, गोद्धारा, जुकेपानीलगायत टोलहरुबाट १२९ जना माओवादी केन्द्र र १ जना नेपाली काँङग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।

उनीहरूलाइ एमालेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पाेलिटव्युराे सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल र पार्टी जिल्ला अध्यक्ष तुल्सीराम शर्माले स्वागत गरे । प्रवेश गर्नेहरूमा युवा र महिलाको संख्या उल्लेख्य रहेको छ । प्रवेश गर्नेहरूको बिबरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार २०:००