२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कोभिड र खराव मौसमले एकै दिन विश्वभर ४४ सय उडान रद्द

१८ पुस, न्युयोर्क । कोभिड संक्रमण र खराब मौसमका कारण शनिबार विश्वभर करिव चार हजार ४०० उडान रद्द भएका छन् । रद्द भएकामध्ये आधाभन्दा बढी अर्थात दुई हजार ५०० उडान अमेरिकामा भएको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ ।

कोभिड संक्रमितको संसर्गमा रहका वायुसेवाका कर्मचारी क्वारेन्टिनमा बस्दा समस्या अझै जटिल बनेको फ्लाइटअवेरले जनाएको छ । त्यस्तै, हिमपातलगायत प्रतिकूल मौसम उडानमा अर्को बाधक बनेको थियो । चाइना इस्टर्नले ५०० र एयर चाइनाले २०० भन्दा बढी उडान रद्द गरेको थियो ।

अमेरिकामा साउदवेस्टले ४५० उडान रद्द गरेको थियो । त्यस्तै, अमेरिकन एयरलाइन्स र डेल्टा एयरले २०० तथा युनाइटेड एयरलाइन्सले १५० भन्दा बढी उडान रद्द गरेको थियो ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १५:१०