२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

सौर्य एयरलायन्सकी कर्मचारी रेखा स्रोत नखुलेको पचास लाखसहित पक्राउ

१८ पुस, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित सौर्य एयरलायन्सकी एक महिला कर्मचारी पक्राउ परेकी छन् ।

विराटनगरबाट काठमाडौँ आएको सौर्य एयरलायन्समा ल्याइएकाे उक्त रकम संकलन गर्न आउने सौर्य एयरलायन्सकी सहायक रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार १ः५५ बजेको समयमा विराटनगरबाट काठमाडौँ आगमन भएको सौर्य एयरलायन्सको विमानमा उक्त रकम लुकाएर ल्याइएकाे थियाे । गोप्य सूचनाको आधारमा बिमानीथलमा खटिएका सादा पोसाकका प्रहरीले भद्रपुर लेखिएको रातो रंगको मेलब्याग चेकजाँच गर्दा उक्त ब्यागभित्र लुकाएर राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रुपैयाँ ५० लाख बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद रकममध्ये रु १००० दरका ४ हजार ९५० वटा र रु ५०० दरका १०० वटा रहेका छन्। बरामद रकम र रकम संकलन गर्न आउने सौर्यकी कर्मचारी पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १२:३४