२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नयाँ वर्षको पार्टीमा गोली चल्यो, तीन जनाको मृत्यु

१८ पुस, लन्डन । अमेरिकामा गाेली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाईते भएका छन् । पार्टीमा धेरै मानिहरुको जमघट भएको थियो ।

गल्फपोर्ट गोलीकान्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार आक्रमणका एक घाईतको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार ११:१२