१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

डार्विनमा बहुसांस्कृतिक भलिबल प्रतियोगिता हुँदै

१७ पुस, अष्ट्रेलिया । नेपालीहरुका तिन सामाजिक संस्थाहरु मिलेर अष्ट्रेलियाको नर्दन टेरोटेरीको डार्विनमा नेपाली सहित विभिन्न समुदायहरुका क्लवहरु विच प्रथम बहुसांस्कृतिक भलिवल-२०२२ आयोजना गर्ने भएका छन् । आगामी जनवरी १५-१६ मा हुने प्रतियोगिता नेपाली भलिबल क्लब डार्विन , नेप्लिज एसोशियसन अफ नर्दन टेरोटेरी, एनआरएनए नर्दन टेरोटेरीले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।
सामाजिक अगुवा तथा नेपाली भलिबल क्लवका भवानी पौडेलका अनुसार डार्विन भलिबल एसोशियसनले प्राविधिक सहयोग गर्नेभएको छ । स्थानिय मारारा इनडोर स्टेडिममा दुइ दिन सम्म चल्ने खेलमा नेपाली सहित इन्डियन, फिलिपिनो, मलेशियन, स्थानिय अष्ट्रेलियन क्लवहरुका पुरुषको १० टिम र महिलाको ६ टिम सहभागी हुने भएका छन् ।
अगुवा पौडेलले खेल मार्फत बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली समुदायलाइ अन्य समुदाय संग भाइचारा सम्वन्धको विकास र विस्तार गर्ने मुख्य उद्देश्य रहेको वताउनुभयो । उहाले यस्ता कार्यक्रमहरुले नेपाल र नेपालीका वारेमा डार्विनबासी समुदायलाई परिचित गराएर नेपालको पर्यटक क्षेत्रको पनि प्रर्बधन हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाले यस अगाडि भएको नेपाली क्लवहरुको भलिवल प्रतियोगितामा नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेकाले यस प्रतियोगितामा नेपाली टिमलाई उत्साह भर्न नेपाली समुदायको भव्य उपस्थित रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १७ पुष २०७८, शनिबार ०९:४७