२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

१६ पुस, कास्की । सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा शुक्रबार महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच तथा स्क्रिन एण्ड ट्रिट सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विशेश्वर थापाले धन्यवाद क्रममा वास्तवमै यस्ता सेवामुलक र पवित्र सामाजिक कार्यले आफु मात्र नभई समाजमा बसेका महिला दिदी बहिनीहरुलाई समेत सचेत र सहयोग गर्न सके महिला स्वास्थ्य सम्बन्धि जटिलतालाई समाधान गर्न सकिने बताउनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा गाईनोलोजी अन्कोलोजिष्ट प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले सो रोगको उपचार विधिहरु तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउनसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रकाश पार्नुभयो ।
सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहतका गण तथा गुल्मका सिनियर तथा जुनियर अधिकृत एवं विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार २१:४९