२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

राप्रपाद्वारा ४ नेतालाई साधारण सदस्य समेत नरहने गरि निष्काशन

१६ पुस, काठमाडाैँ । राप्रपाले पार्टीका ४ जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिसमा अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो।

पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले उनीहरुलाई निष्काशन गरिएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार १७:१५