२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

धनन्जय रेग्मीलाई साँढेको उपमा दिँदै आलेले भनेः टोयटाको गाडी बेचेर मलाई किन्न सक्नुहुन्न

१६ पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका निलम्बित सिइओलाई सँढेको उपमा दिएका छन । बोर्ड स्थापना दिवसको कार्यक्रमा सहभागी हुन पुगेका आलेले निलम्बित सिइओ धनञ्जय रेग्मीलाई सँढेको उपमा दिँदै लण्डन लगेर आफ्नो पनि बेइजत गरेको बताए ।

उनले रेग्मी जस्तो साँढेलाई सिइओ बनाइ राखेर बोर्ड नचल्ने बताए । उनले आफूलासिइओ  किन्ने सपना नदेख्न चेतावनी समेत दिए । उनले टोयटाको गाडी बेचेर आफूलाई खरिद गर्ने सोचेको भए त्यो अब पूरा नहुने बताए । उनले मन्त्रालयमा विकृति धेरै भएको पनि बताए । रेग्मी अहिले निलम्बनमा छन । बोर्ड कार्यबहाक प्रमुख कार्यकारी अधिकृत नन्दिनीलाय थापाले चलाइरहेकी छिन ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार १२:४७