कांग्रेस नेता सुनिल शर्माको नोबेल मेडिकल कलेजले विद्यार्थीलाई कक्षामै प्रवेश गर्न दिएन
१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल शर्माको नोबेल मेडिकल कलेजले विद्यार्थीलाई कक्षामै प्रवेश गर्न रोक लगाएको छ । कानुन विपरित अतिरिक्त रूपमा माग गरिएको शुल्क नतिरेपछि शर्माले विद्यार्थीलाई कलेज प्रवेश गर्न नदिएका हुन ।
शर्मा आफैँ विद्यार्थीलाई गेटमा रोक्न निस्किएका छन । यसअघि पनि उनले विद्यार्थीलाई धम्क्याएका थिए । शर्माले बिहीबारबाट अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेश गर्न नदिएका हुन ।
शर्माले एक वर्षको साढे तीन लाख भन्दा बढी अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थी आन्दोलित भएका छन । यसअघि जिल्ला प्रशासन कार्यालयले बोलाए पनि उनले प्रशासनलाई समेत प्रभावमा पारी विद्यार्थीलाई दुःख दिइरहेका छन ।
यो पनि पढ्नुहोस्
-अतिरिक्त शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेजका अभिभावक आन्दोलित
-विद्यार्थी लुट्ने कांग्रेस नेता शर्माको नोबेललाई प्रशासनले बोलायो
-मेडिकल शिक्षाका नाममा कांग्रेस नेता सुनिल शर्माको ब्रह्मलुट, लुटिएका अभिभावक आन्दोलित
प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार २१:३३