२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

रसुवा भन्सारमा मंसिर महिनामा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन

१५ पुस, रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.39 प्रतिशतभ राजस्व संकलन गरेको छ ।

भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व संकलनकाे लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएकाे हाे । जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख ७८ हजार राजस्व बढी संकलन भएको हो ।

गत वर्ष मंसिर महिनामा ३६ करोड ९८ लाख ०८ हजार राजस्व संकलन भएकाे थियो । गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार बढी राजस्व संकलन भएको छ ।

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्छ ।

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको व्यापार प्रभावित भएको दुई वर्ष पुग्न लागेको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार ११:५८