२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

ज्यान मुद्दाका प्रतिवादी ११ वर्षपछि पक्राउ

१४ पुस, बागलुङ । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहनुभएका जैमिनी नगरपालिका–१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ पर्नुभएको हो ।

फक्राउपछि कैद लगत कट्टाको लागि जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । गत मङ्सिर ९ गते निसीखोला गाउँपालिका–६ का ३१ वर्षीय टेकबहादुर बुढामगरको हत्या आरोपी उहाँकै श्रीमती २३ वर्षीया मोनिकालाई अनुसन्धानपछि पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १८:४८