२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बार्सिलोनाका डेम्बेले, उम्टिटी र गाभीलाई कोरोना

१४ पुस, काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका तीन खेलाडीमा कोभिड-१९ संक्रमित देखिएको छ ।

क्याटलान क्लब बार्सिलोनाले बुधबार सम्पूर्ण टोलीको पिसिआर परीक्षणपछि स्ट्राइकर औसमान डेम्बेले, स्यामुयल उम्टिटी र गाभीको रिर्पोट पोजेटिभ आएको जनाएको हो ।

यसअघि बार्सिलोनाका जोर्डी अल्बा, एलेजान्द्रो ब्लाडे, क्लेमेन्ट लङ्लेट र ड्यानी आल्भेसलाई कोभिड पुष्टि भएको थियो ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १७:५७