२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बेलायतमा एकै दिन १ लाख ३० हजार कोभिड संक्रमित

लन्डन– बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । पछिल्लो समयमा कोभिडबाट युरोप नराम्रोसँग प्रभावित छ ।

अहिले समग्र युरोप कोभिडबाट प्रभावित छ ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १५:४५