२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

स्वस्थ शिशु छनाेटका लागि ‘हेल्दी बेबी’ प्रतियोगिता

१४ पुस, हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरूले स्वस्थ शिशु छनाेटका लागि ‘हेल्दी बेबी’ प्रतियोगिता आयोजना गरेकाे छ ।

ताँजाकोट गाउँपालिकाले पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य अवस्था पत्ता लगाउन ‘हेल्दी बेबी’ कार्यक्रमको आयोजना गरेको स्वास्थ्य चौकी प्रमुख धनराज ढकालले बताए ।

निश्चित मापदण्ड बनाएर गाउँपालिकाका १ देखि ४ नम्बर वडामा चार सय ५० जना शिशुहरूको स्वास्थ्य परीक्षण वडास्तरमा ‘हेल्दी बेबी’ प्रतियोगितामा उत्कृष्ट भएका प्रत्येक वडाका तीनजनालाई पहिलो, दोस्रो र तेस्रो छनाेट गरेर पुरस्कृत गरिएको स्वास्थ्य चौकी प्रमुख ढकालल बताए ।

प्रतियोगितामा उत्कृष्टका लागि शिशुको तौल, उचाइ, पोषणको अवस्थालगायतलाई आधार मानेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइएकाे पालिका उपाध्यक्ष मञ्जु बुढा बताइन् ।

स्वास्थ्य परीक्षणपछि ७५ प्रतिशत शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको, २० प्रतिशतको मध्यम र बाँकी ५ प्रतिशतको न्यून अवस्था रहेको स्वास्थ्य चौकीले जानकारी गराएको छ । स्वास्थ्य अवस्था सामान्य रहेका शिशुका आमाहरूलाई प्रोत्साहनस्वरूप तेल, साबुन, ब्रस, टुथपेष्ट, नेलकटरलगायतका व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १२:४४