सिड्नीमा प्रवासी नेपाली मञ्चले नयाँ वर्षमा कार्यक्रम गर्दै
१३ पुस, अष्ट्रेलिया। प्रबासी नेपाली मञ्च न्यु साउथ वेल्स राज्य समितिले आगामी जनवरी १५मा नयाँ बर्ष २०२२ को उपल्यक्षमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
मञ्चका न्यु साउथ वेल्स राज्य समिति अध्यक्ष कृष्ण सापकोटाले नयाँ बर्ष २०२२ को सन्दर्भमा यहा रहेको नेपालीहरुका विचमा शुभकामना आदान प्रदान गर्दै भाईचाराको बढावा गर्नका लागि कार्यक्रम आयोजना गरिएको वताउनुभयो । पछिल्लो समयमा अष्ट्रेलियामा नेपाली समुदायको बढ्दो उपस्थितीले यहाको स्थानिय राजनीतिमा समेत नेपालीहरुको प्रभावलाई अझ शशक्त बनाउन शुभकामना आदान प्रदान सहित वार्विक्यु कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष सापकोटाले अपेक्षा गरेको वताउनु भयो ।

उहाले नेपाली समुदायका सदस्यहरुबाट नया नया व्यापार व्यवसाय समेत बढ्दो रुपमा भएकाले त्यसको समेत प्रवर्धन मात्र नभएर यस्ता कार्यक्रममा हुने छलफलले नयाँ नयाँ क्षेत्र र संभावनाको खोजी समेत हुने वताउनु भयो । अध्यक्ष सापकोटाले कार्यक्रममा मनोरञ्जन गदै अष्ट्रेलियामा हुर्कदै गरेको नयाँ पुस्तालाई नेपाली समुदाय, समाजका वारेमा पनि परिचय गराउने अवसर भएको वताउनु भयो ।
उहाले एनआरएनए सहितका विभिन्न सामाजिक संघ संस्थाका अगुवाहरुको उपस्थिति रहने जानकारी दिनुभयो । प्रवेश नि शुल्क रहेको कार्यक्रम अर्वन पार्क अर्वन सिड्नीमा हुने मञ्चले जनाएको छ ।
प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार २०:४७












