२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

१३ पुस, शशजलेश्वर । भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रले यहाँका पशुलाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । एक लाख २० हजार पशुलाई खोप लगाइने सेवा केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले जानकारी दिनुभयो । जलेश्वर, बलवा, मनरासिस्वा, भङ्गाहा नगरपालिका तथा महोत्तरी गाउँपालिका क्षेत्रमा करिब २०० पशुमा खोरेत रोग देखिएको थियो ।

सो रोगलाई नियन्त्रण गर्न तथा अन्य पशुमा सर्नबाट रोक्नका लागि आजदेखि खोप लगाउन सुरु भएको उहाँले बताउनुभयो । खोप सञ्चालनका लागि कार्यालयले ४३ करारका कर्मचारी खटाइएको छ । यसअघि सो कार्यलयले १२ हजार पशुलाई सो रोग विरुद्धको खोप पनि लगाइसकेको कार्यालय प्रमुख डा ठाकुरले बताउनुभयो ।–––

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १४:०१