२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

१३ पुस, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा काराेबार भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार ११:१०