२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सुदूरपश्चिम : १२ जनामा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ६४३ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ११ र महाकाली अस्पतालमा एक जनामा जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा प्रदेशभर पाँच जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा एक जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १८:४५