२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल हुँदैन : डिएसपी चन्द

१२ पुस, जुम्ला । हालै सरुवा भएर जुम्ला आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल नहुने बताएका छन् । सञ्चारकर्मीसँगकाे अन्तर्क्रियामा डिएसपी चन्दले ‘नागरिक पनि बिना बर्दीका प्रहरी’भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिने बताएका हुन् ।

जिल्लाका २८ वटै प्रहरी युनिटकाे निरीक्षण गरेका उनले रणनीतिक कार्ययोजनाका साथ अघि बढिरहेकोे बताए ।

डिएसपी चन्दले सामाजिक हिंसाविरुद्धमा सचेताना कार्यक्रम नै थालेका छन् । ‘सभ्य समाज निमार्णका लागि सबै एक जुट हुनुपर्छ । विद्यालयमा साइबर क्राइमसम्बन्धी सचेतना कार्यक्रम पनि भइरहेकाे छ,’ उनले भने ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार ११:४३