२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमाले सचिव विष्टद्धारा मालिका गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

१२ पुस, गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन । आइतबार एक कार्यक्रमका बीच सचिव विष्टले गाउँपालिकाको केन्द्रमा बन्न लागेको भवनको शिलान्यास गरेका हुन ।

भवनको शिलान्यास गर्दै सचिव विष्टले स्थानीय सरकारहरू गठन भएपछि गाउँगाउँमा विकासको मुल फुटेको बताए । उनले स्थानीय नागरिकहरूले स्थानीय तहको गठनपछि सहज रूपमा सेवा प्राप्त गर्न सकेको खुशी प्रकट गरे । आगामी निर्वाचनमा एमाले पुनः पहिलो पार्टीको रूपमा विजयी दाबी पनि गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रितबहादुर थापा, उपाध्यक्ष देवा अर्याल, प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी, नेकपा एमालेका नेताहरू गणेश श्रीपाली, रमेश काउचा लगायत उपिस्थत रहेका थिए ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार ०७:३७