१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

बढ्दो कोरोना संक्रमणसँगै साउथ अष्ट्रेलियामा आइतवार रातिबाट नयाँ प्रतिबन्धहरू लागू

१२ पुस, एडिलेड । साउथ अष्ट्रेलिया सरकारले बढ्दो कोरोनाको संक्रमण संगै आइतवार मध्ये रातिबाट घरमा भेला हुनेको संख्या ३०बाट पुन १० जनामा झारेको छ ।

साउथ अष्ट्रेलियाका प्रिमियर स्टेभन मार्सलले आइतवार आयोजित पत्रकार सम्मेलनमा सो नयाँ प्रतिवन्धका प्राबधानको घोषणा गरेका थिए । सरकारले जिम र आतिथ्य सत्कारका क्षेत्रहरुमा कोरोनाको संक्रमण बढेको जानकारी दिदै आइतवार मध्ये रातिबाटै रेष्टुरेन्टहरुले प्रति व्यक्ति भित्र ४ वर्ग मिटर र बाहिर २ वर्ग मिटर हुनु पर्ने बनाएको छ । त्यसै गरि जिमहरुलाई प्रति व्यक्ति ७ वर्ग मिटर तोकेको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रिमियर मार्सल । (तस्विरहरु- SA Health)

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आइतवार मात्र ७७४ नया संक्रमितहरु देखिएका थिए । भने हाल १७ जना अस्पतालमा भर्ना भएका छन् भने जसमा ३ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रिमियर मार्सलले साउथ अष्ट्रेलियावासीलाई सामाजिक दुरी कायम गर्दै सरकारले तोकेका प्राबधानहरु कडै साथ पालना गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार ०५:१८