२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सुदूरपश्चिम : एक जनामा कोरोना पुष्टि

११ पुस, काठमाण्डाैं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा एक जनामा मात्रै कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ५३५ जनाको नमूना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार एन्टिजेन विधिमार्फत परीक्षण गरिँदा कञ्चनपुरका एक जनामा कोरोना देखिएको हो । पछिल्लो २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट कोहीको पनि ज्यान गएको छैन ।

शनिबार प्रदेशमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने तीन जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ५१४ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १८:५४