२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

नेल्सन मन्डेलाका समकालीन तथा नोबेल शान्ति विजेता टुटुको निधन

११ पुस, केप टाउन । दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका एक चर्चित व्यक्तिको मृत्यु भएको छ । रंगभेद आन्दोलनका अगुवा डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको हो । रंगभेद विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएको भन्दै टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा भएको रंगभेदी आन्दोलनका अगुवामध्येका एक थिए ।

सन् १९५३ मा दक्षिण अफ्रिकाका विद्यालयहरूमा रंगका आधारमा विद्यार्थी छुट्टाउने कानुन बनेपछि टुटु शिक्षण पेसा त्यागेर चर्च सामाज सेवामा होमिएका थिए ।

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १७:४४