२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

ज्येष्ठ नागरिक दिवस : धुम्रपान निषेध गर्ने घाेषणा

११ पुस, जुम्ला । जेष्ठ नागिरक दिवस (११ पुस) का अवसरमा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेधकाे घोषणा गरेका छन् । ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा उनीहरूले आफ्नाे क्षेत्रमा कुनै पनि प्रकारकाे सुर्ती सेवन नगर्ने र गर्न नदिने घाेषणा गरेका हुन् ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा जेष्ठ नागिरक दिवस मनाउने गरिन्छ । यही क्रममा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेध क्षेत्र घोषणा गरेका हुन् ।

कतिपयले साथीभाईको करले, केहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र केहीले हर्षबढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका कारण धेरैको स्वास्थ्यमा समस्या भएकोले जेष्ठनागरिकहरूले आफ्नो क्षेत्रलाई धुम्रपान निषेध क्षेत्र घोषणा गरेकाे तुलाराम न्यौपानेले बताए । उनले भने, ‘हाम्रो उद्देश्य भनेको जेष्ठ नागरिक सबैको घरघरमा धुम्रपान निषेध होस् भन्ने हो । तर, धेरै जेष्ठ नागरिक आफै धुम्रपान गर्ने भएकाले यस्तो कार्यको थालनी गरिएको हो ।’

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १६:१५