२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

सर्पले टोक्यो सलमान खानलाई

११ पुस, नयाँ दिल्ली । वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो । सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो ।

उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।

सलमानको फार्म हाउस ठूलो छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् ।

उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो ।

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १४:३८